November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाललाई चीनले दिने ८ डोज खोप एयरपोर्टमा

3.5K

काठमाडौं । नेपाललाई चीनले अनुदानमा दिने भनेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज सिनोफार्म खोप आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले विमानस्थल पुगेको खोप सोमबार नेपाल आइपुग्ने जानकारी दिएको छ। उक्त खोप लिन भोलि नेपालको राष्ट्रिय ध्वजाबाहक जहाज चीनको बेइजिङ जाँदै छ ।

नेपालले आपतकालिन प्रयोगका लागि अनुमति दिएको उक्त खोप लामो समयदेखि बेइजिङमा अलपत्र थियो । चीनले उत्पादन गरेको कोभिडको खोप अहिलेसम्म ५६ वटा मुलुकमा पुगेको छ ।

Advertisement