November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दोस्रो लहरको कोरोना संक्रमण फैलिए पनि लकडाउन गर्नुपर्दैन: विज्ञ

4K

काठमाडौँ – जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमण फैलिए पनि लकडाउन गर्न नहुने सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा. पाण्डेले दोस्रो लहरको कोरोना महामारीपछि पनि लकडाउन गर्न नहुने सुझाव दिएका हुन् ।

‘लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन’, उनले भनेका छन् ।

महामारीको दोस्रो लहर र खोपबारे उठेका जिज्ञासाको जवाफ दिँदै डा. पाण्डेले भनेका छन्ः– ‘लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।

Advertisement

– यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ । त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ । भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी ) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ ।
– दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ । कारणवश दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभाकरिता न्युनतम ६४.१ % हुने एस्ट्रेजेनेकाले बताएको छ । दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०. ४ % हुन्छ ।
– बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९ – १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० % ले कम हुन्छ ।

दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन । त्यो बेला हामीसंग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि ) को अभाव थियो । अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् ।