November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंका सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई अब कारबाही (विज्ञप्ति)

3.5K

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने जनाएको छ । जिल्ला प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘कोभिड–१९ सम्भाव्य जोखिमहरुको न्यूनिकरा गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्ने, होली पर्वलाई आफ्नो घर भित्र नै सिमित रही सामाजिक, सांस्कृितक मर्यादा अनुसार खेल्ने, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजर र सामाजिक / भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।’

प्रशासनले भारतसँगको खुला सीमानाका कारण सीमानाकाहरुबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढ्दै गएको जनाउँदै यस्तो निर्देशन गरेको विज्ञप्तिमा जनाएको हो ।

Advertisement