February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

आजको राशिफल

1.6K

काठमाडौँ – वि.सं.२०७७ साल चैत्र ११ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च २४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १६ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मुद्दा मामिला तथा प्रतिस्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउँदा मानसिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ ।

Advertisement

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धीहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धी हासिल हुन मुस्किल रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकीको साथ नपाइने हुदा मन खिन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथीभाईहरुसँगै रहेर मिठो खाना खाने तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन । मायाप्रेममा आफ्नो मायालुसँग दुरी बढ्ने योग रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले केहि दिनको लागी पछी सार्नु उपयुक्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरीको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।