November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कोभिडको जोखिम बढ्ने भन्दै सरकारले जारी गर्‍यो १० बुँदे निर्देशन

5.9K

काठमाडौं- भारतका विभिन्‍न प्रान्तहरुमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउँदै कोभिडको व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ। मन्त्रालयले सातवटै प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

मन्त्रालयले कोभिड-१९ को व्यवस्थापन सम्बन्धमा सबै प्रदेश निर्देशनालय, संघीय तथा प्रादेशिक अस्पताल, स्वास्थ्य संस्थाहरु, जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कमा १० बुँदे निर्णयसहितको पत्र पठाइसकेको छ।

यी हुन् मन्त्रालयका १० बुँदे निर्देशन:
१. सबै प्रवेश विन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट तथा सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेस्टको व्यवस्था मिलाउने।
२. साथै, टेस्ट रिपोर्ट पोजिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड-१९ को व्यवस्थापनसम्बन्धी निर्देशिकाहरु बमोजिम गर्ने।
३. यस कार्यका लागि स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने।
४. क्‍वारेन्टाइन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्ने।
५. रोगको निगरानीलाई चुस्त बनाउने।
६. केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिने।
७. आवश्यक पिसिआर तथा एन्टिजिन टेस्टको सुनिश्‍चितता गर्ने।
८. सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहने।
९. आफ्नो पालिकाहरुमा संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा कोभिड-१९ को गरिने एन्टिजिन परीक्षण प्रक्रियासम्बन्धी प्रोटोकलबमोजिम गर्ने।
१०. सबै निकायहरुले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्ने।

Advertisement