बैतडी–महाकाली नदीमा र्याफ्टिङ सुरु भएको छ। विश्व पानी दिवसको अवसर पारेर सोमबार महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो।
दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा जलयात्रा गरिएको हो ।
महाकाली नदीमा रहेको जलयात्राको सम्भावनाबारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । ‘महाकाली नदीमा जलयात्राको सम्भावना रहेको छ,’ उनले भनिन्, ‘अबका दिनमा यसलाई निरन्तरता दिने पहल गरिनेछ ।’
महाकाली नदी भारतसँग जोडिएकाले र्याफ्टिङलाई निरन्तरता दिन सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरबहादुर चन्दले बताए । ‘यो क्षेत्रमा सहजरूपमा जलयात्रा सञ्चालन गर्न सकिने देखिएको छ,’ उनले भने, ‘यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ।’