February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

आत्महत्या न्यूनीकरणका लागि जनचेतना सहितको प्रशिक्षण कार्यक्रम सम्पन्न !

3.9K

काठमाडौ – बढ्दै गइरहेको आत्महत्याको न्यूनीकरण गर्ने उदेश्यका साथ महानगरीय प्रहरी बृत्त नयाबानेश्वर अन्तरगतको सामुदायिक बिकास तथा सेवा समितिको पन्चकुमारि र अन्य स्थानिय संघ सस्थाहरुको संयुक्त आयोजनामा बानेश्वर पन्चकुमारी स्थित सामुदायिक भवनको सभा हलमा जनचेतनामूलक कार्यक्रम आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा आत्यहत्या न्यूनीकरण र रोकथाम के कसरी गर्न सकिन्छ भन्नेमा बिषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो । सो जनचेतनामूलक सहितको प्रशिक्षण कार्यक्रममा प्रहरी बृत्त नयाबानेश्वरका इन्चार्ज प्रहरी नायब उपरिक्षक दक्ष बस्नेतले आत्महत्या सम्बन्धी केही जानकारी ,किन आत्महत्या हुन्छ,नेपालमा कस्ता ब्यक्तिले आत्महत्या बढी गर्दछन र सो रोकथामका लागि गर्न सकिने आबश्यक पहलका बारेमा सहभागिहरु लाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा अतिथि एवम दिब्यशक्ती नेपालका अध्यक्ष रोजिना जङ्गमले नेपाल प्रहरिले जारी गरेको तथ्यांक उल्लेख गर्दै नेपालमा आत्महत्या झुण्डियर,बीस सेवन गरेर, खोला / नदिमा हाम फालेर, शरिरमा आफै आगो लगाएर जस्ता व्यवहार बाट आत्महत्या हुने गरेको जानकारी गराउनु भयो !

साथै अध्यक्ष जङ्गमले त्यस्ता प्रकारले हुने आत्महत्या न्यूनीकरणका लागि नेपाल सरकार सङ्गै नागरिक तथा घर,परिवार,टोल,छिमेक पनि उत्तिकै सक्रीय हुनु पर्नेमा जोड दिनु भयो । विभिन्न सामाजिक सस्था तथा अभियानहरुमा लामो आमय देखि सक्रीय रहनु भएका अभियान्ता जङ्गमले आत्महत्या एउटा साझा सामाजिक समस्या भएकाले दिनप्रतिदिन बढी रहेको यो समस्याको उचित समाधानका लागि स्थानिय सरकारले पनि नियमित कार्यक्रमको ब्यबस्था मिलाउनु पर्नेमा सुझाब प्रस्तुत गर्नु भयो ।

Advertisement

यस्ता खालका कार्यक्रम बाट सामाजिक जनचेतना बृद्दिमा टेवा पुग्ने भएकाले नियमित रुपमा कार्यक्रम आयोजना हुनु पर्ने धारणा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थानिय जेस्ठ नागरिक,शिक्षक,बिध्यार्थी,ब्यबसायी,समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।