झापा – पानी बोक्ने ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ कि ३३ वर्षीय कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
डाँगीवारिको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ७ प ४९४१ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ख ९६२५ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिएको थियो।
स्कुटरमा राजवंशी दम्पती सवार थिए। घाइते कमला र उनका श्रीमानलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा कमलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याङ्कर चालक पाँचथरका ३३ वर्षीय नरेश पदक फरार रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले उनको खोजी कार्य गरिरहेको जनाइएको छ।