April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

1.9K

काठमाडौं- ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ ।

प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्‍याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

Advertisement

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।