November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण

7K

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका ५३ जनामध्ये २२ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार दुई सय ३१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा आठ सय ९१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १४ जनाको ज्यान गएको छ ।