November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आज देशभर थपिए १०४ जना कोरोना संक्रमित

२०७७ फाल्गुन २६

2.9K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ४८८ नमुना परीक्षणमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा महिला ४६ र पुरुष ५८ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ५० पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ ।

Advertisement

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५५ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९११ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख ३ हजार ४३८ नमुना परीक्षण गरिएको छ ।