काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ५ हजार ५३६ नमुना परीक्षणमा १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३३ र पुरुष ७० जना रहेका छन् । आज थपिएका १०७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ४४८ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ६८६ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीको व्यवस्थापन गरिरहेका विभिन्न निकायबाट प्राप्त भएको तथ्यांक अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५७ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७९५ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ७९ हजार ४७ नमुना परीक्षण गरिएको छ ।