November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ फाल्गुन १९

2.5K

काठमाडौँ– नेपालमा बुधबार थप ८७ जनामा कोरोना पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७० हजार ६०५ जनाले कोरोना जितेका छन् ।

Advertisement

त्यस्तै मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पुन अद्यावधिक गरेको छ । जसअनुसार थप २३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको छ ।

नेपालमा हाल ७६६ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ७३ हजार ५११ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।