November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भाइरस विरुद्ध मानवजातिको जित: प्रचण्ड

२०७७ फाल्गुन १९

2.4K

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन्। 

कोरोना खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रचण्डले मानव जातिले भाइरस विरुद्ध जित हासिल गरेको बताए।

खोप लगाएपछि केहीबेर खोप केन्द्रमा रहेको आराम कक्षमा बसेका उनले पत्रकारसँग सामन्य कुराकानीसमेत गरेका थिए।

Advertisement

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाइसकेका छन्।