काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,२१८ नमुना परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३९ र पुरुष ७१ जना रहेका छन् । आज थपिएका ११० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ६८ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ४ जना कोरोना संक्रमितको निधन भएको छ । केहीदिनयता मृत्यु हुनेको संख्या शून्य रहेृकोमा आज ४ जना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार आज थपिएका ४ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २०६५ रहेको छ ।
त्यसैगरी हालसम्म देशैभरीका १६५ खोपकेन्द्रबाट ४ लाख २८ हजार ९२४ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।