February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३
1:37:26 pm

दक्षिण अफ्रिका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन ११

185

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रीपरषदको निर्णयबमोजिम आज डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको अवासिय राजदूतमा नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति भण्डारीले मन्त्रीपरषदको निर्णयबमोजिम नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा १० वर्ष सदस्यको रुपमा काम गरेका थिए ।