November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

धनगढीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७ फाल्गुन १०

5.6K

धनगढी–सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बताउदै सूचना अधिकारी श्रेष्ठले आज बिहान संक्रमित पुरुषको मृत्यु भएको बताए।

Advertisement