April 25, 2024, Thursday
२०८१ बैशाख १४
1:37:26 pm

भारतबाट आइपुग्यो १० लाख डोज कोरोनाको खोप, २३ गतेदेखि देशैभर वितरण हुँदै

3.1K

काठमाडौँ – सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप काठमाण्डु आइपुगेको छ ।

खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाण्डु ल्याइएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत खोप ल्याइएको जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।

अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।