November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२४ घण्टामा थपिए १२५ कोरोना संक्रमित, ९१ जना संक्रमणबाट मुक्त

5.5K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ८३८ नमुना परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४८ र पुरुष ७७ जना रहेका छन् । आज थपिएका १२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ । पछिल्ला केही दिन यता संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।