काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ३६० नमुना परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४० र पुरुष ६५ जना रहेका छन् । आज थपिएका १०५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।