September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आज देशभर १०४ जनामा कोरोना संक्रमण, १३१ जना संक्रमणबाट मुक्त

3.4K

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशैभरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशैभरी गरिएको ३,५०१ नमुना परीक्षणमा उपत्यकाका ६१ जनासहित १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४८ र पुरुष ५६ जना रहेका छन् । आज थपिएका १०४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६९ हजार ६० पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५४ रहेको छ ।

केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमण हुनेको संख्या कम हुँदै गएको छ । मन्त्रालयका अनुसार शनिबार र आइतबार संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।