September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आफ्नै कोठामा मृत अवस्थामा भेटिए लामा र श्रेष्ठ

1.2K

काठमाडौं – नुवाकोटका दुप्चेश्वर नगरपालिका ४ का ३७ वर्षीय दीपेश लामा आफ्नै कोठामा मृत फेला परेका छन् ।

काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने लामा आफ्नै डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका–८ को बागमती खोला किनारमा सोही महानगरपालिका ७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।