काठमाडौं – पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरूमा महिला ४७ र पुरुष ८० छन्। ४ हजार मानिसको कोरोना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा जानकारी दिएको छ। हालसम्म २ लाख ७२ हजार ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ।
आज १ सय ३६ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमण मुक्त भइसकेका छन्। आज थप २ जनाको मृत्यु भएको र हालसम्म मृत्यु हुनेहरूको कुल संख्या २ हजार ५४ पुगेको छ।
देशभर सक्रिय संक्रमित १७ सय ७ जना छन्। क्वारेन्टाइनमा ७९ जना छन्। २१ लाख ११ हजार ६ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।