May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

दाङमा ऐतिहासिक थारुमादल (मन्ड्रा)प्रशिक्षण सम्पन्न

165

काठमाडौं । लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल(मन्ड्रा)दाङ घोराही उपमहानगरपालिका गुलरीयामा संचालन भएको प्रशिक्षण कार्यक्रम आज ओैपचारिक रुपमा समापन भएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङ२को स्थानीय ब्यवस्थापनमा संचालित उक्त कार्यक्रम चैत२२बाट सुरुभएको थियोे ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८जना थारु समुदायका महिला तथा पुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिस्ठ ताल बादक खड्ग बुडा मगरले सैद्धान्तिक तथा ब्यावहारिक ज्ञानको तालिम दिएका थिए ।

समापन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक अशोक राईको सभापतित्व तथा राष्ट्रिय नाचघर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा भएको थियो।

Advertisement

समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिममा सिकेका त्रसान,सखियापैया,ठरपैया,मघौटाका विभिन्न तालहरु स्वरलिपी हेरेर मादल बादन गरेका थिए।

प्रमुख अतिथी प्रेमनाथ अधिकारी, थारु कल्याणकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरी, प्राज्ञ डा.गोबिन्द आचार्य,प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासन, दाङ उध्योग बाणिज्य संघका उपाध्यक्ष अनिल आचार्य लगायत स्थानीय समाजसेवीहरुले समापन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

ऐतिहासिक थारु मौलिक बाजा मादल(मन्ड्रा) प्रशिक्षण पहिलोपटक स्वरलिपी तयार गरि १० दिन सम्म प्रशिक्षण गरिएको थियोे ।

दाङ घोराहि स्थित काबिला रिसोर्टमा आयोजित समापन कार्यक्रम थारु कल्याणकारीणि शभा क्षेत्र नम्बर २ का अध्यक्ष अनिल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमलाई प्रशिक्षार्थी तथा कार्यक्रमका सम्योजक कुलबिर चौधरीले सन्चालन गरेका थिए भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रेमनाथ अधिकारीद्वारा प्रमाणपत्र प्रदान गरिएको थियोे ।