April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

२०७८ कार्तिक २४

5.4K

काठमाडौं । लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गर्दै जनगणना गरिनेबारे जानकारी दिएको हो ।

‘यसपालीदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र वस्तीहरूमा पनि जनगणना गरिनेछ ।’, विभाग उपमहानिर्देशक हेमराज रेग्मीले भने ।

लिपुलेक–कालापानी क्षेत्रमा झन्डै ६ दशकयता भारत सरकारले कब्जा जमाउँदै आएको थियो । तत्पश्चात् उक्त क्षेत्रलाई समेत समेटेर ०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेको थियो । त्यसपछि नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

Advertisement