July 27, 2021, Tuesday
२०७८ श्रावण १२
1:37:26 pm

लडाईँ कुर्सीका लागि हुँदै होइन् !: प्रचण्ड

835

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुँहरुको लडाईँ कुर्सी र प्रधानमन्त्री पद पाउनका लागि नभएको स्पष्ट पारेका छन् । उनले आफुँहरुको लडाईँ पार्टीको घोषणापत्रअनुसार व्यवस्था बनाउनेतर्फ रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको घोषणापत्रलाई कुल्चीएर अगाडि बढेपछि आफुँहरु सडकमा आउन बाध्य भएको प्रचण्डको भनाई छ ।

‘यो देशमा अति भयो भ्रष्टाचार, भ्रष्टाचारलाई नियन्त्रण गर्नेछौं, सुशासन दिनेछौं र पारदर्शी तरिकाले शासन चलाउने छौं भनेका थियौं, सबै उत्पीडित जाती, वर्ग, क्षेत्र, लिङ्गका मागलाई पुरा गर्न लिपिबद्ध गरेर राखेका थियौं’, सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर दुर्भाग्य, मिस्टर केपी ओलीले हाम्रा ति सबै सपनामाथि तुसारापात गरे, हाम्रो लडाईँ त्यहि प्रतिबद्धता पुरा गर्न हो ।’

उनले जनताका समक्ष गरेका प्रतिबद्धताबाट आफुँहरु टाढा नगएको पनि बताए । ‘हामीले हिजो घोषणापत्रमा जे भन्यौं, भ्रष्टाचार मुक्त समाजको, सुशासनको, सामाजिक न्यायको प्रतिबद्धता जुन गर्यौं, अहिले पनि हाम्रो प्रतिबद्धता त्यहि नै छ’, प्रचण्डले भने ।

प्रचण्डले आफुँहरु कुर्सी र प्रधानमन्त्रीका लागि लडेको कुरा सत्य नभएको बताए । प्रचण्डले अघि भने, ‘हामीलाई कुर्सी चाहिएको होइन्, प्रधानमन्त्री चाहिएको होइन्, हामीलाई जनताको हक अधिकार चाहिएको हो, हामीलाई हजारौं शहिदहरुको सम्मान चाहिएको छ, त्यसैको निम्ति हामी लड्दैछौं, यो लडाईँ केपी ओली व्यक्तिका निम्ति होइन् ।’

प्रचण्डले आफ्ना कमजोरी केलाउन पनि आफुँहरु लागेको बताएका छन् ।