July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

नबोल्ने पशुपति होइन, बोल्ने जनता खुशी पार्नुहोस्: रघुजी पन्त

405

काठमाडौं- नेकपा नेता रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मालाई ‘नबोल्ने पशुपतिनाथको नभई बोल्ने पशुपतिनाथ (जनता)लाई खुशी पार्न अपिल गरेका छन्। नेकपा प्रचण्ड-माधव समूहको सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

केही दिनअघि प्रधानमन्‍त्री ओली पशुपति पुगेको विषयलाई जोडेर उनले जनतारूपी पशुपति खुशी पार्न आग्रह गरेका हुन्। उनले राजाहरुको प्रसंग जोड्दै पशुपतिको सेवामा पुग्नेहरूको ‘अधोगति भएको’ संकेत गरे।

‘पशुपतिले कृपा गर्ने भए वीरेन्द्रको वंशनाश हुँदैनथ्यो। यता ज्ञानेन्द्रले राजगद्दी छाडनुपर्दैनथ्यो। त्यसैले ओलीजी सुन्नुहोस्, त्यहाँ नबोल्ने पशुपति होइन यहाँ बोल्ने पशुपतिनाथलाई खुशी बनाउनुहोस्। जो यहाँ उपस्थित छन्,’ उनले थपे, ‘विघटनपछि पशुपतिमा गएर केपीजीले के वरदान माग्नुभयो थाहा छैन। त्यहाँ पुगेर एक अर्बको जलहरीका लागि ३० करोड निकासा गर्छु भन्नुभयो। त्यही बेला मलाई राजा वीरेन्द्रको सम्झना भयो। आफ्नो हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले रक्षा गरुन् भन्थे। उनको वंश नाश भयो।’

यसैगरी, आफ्ना हरेक  सम्बोधनमा पशुपतिले कल्याण गरुन् भन्ने ज्ञानेन्द्र शाहको पनि शक्ति र सत्ता खोसिएको बताउँदै भने