July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

375

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

निर्वाचन तयारीको अवस्था बुझ्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगबाट बालुवाटार नफर्की सिधै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए।

दुई चरणमा मतदान हुने गरी सरकारले सोमबार प्रदेश छुट्याएको छ। निर्वाचनका लागि सरकारले गरेका निर्णय जानकारी गराउन प्रधानमन्त्री शितलनिवास पुगेको बताइएको छ।

४ वटा प्रदेशका ४० जिल्लामा वैशाख १७ गते र बाँकी ३ वटा प्रदेशका ३७ जिल्लामा वैशाख २७ मा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ।