April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

माघ २८ मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, यी हुन् जुलुस निस्कने रुट

2.4K

काठमाडौं – माघ २८ गते विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले संघीय राजधानी काठमाडौं केन्द्रीत शक्ति प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्व चरणबद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले माघ २८ गते शक्ति प्रदर्शन गर्न लागेको हो ।

काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुश निस्कने छन् । पुल्चोक, त्रिपुरेशवर, माइतीघर, केशरमहल, जमल र सुन्धाराबाट जुलुश निस्कनेछ ।

ठूलो र मूल जुलुश सुन्धाराबाट निस्कनेछ । जनाइएअनुसार मूल जुलुस बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनी मार्गमा प्रवेश गर्नेछ ।

Advertisement

कुन क्षेत्रकाे जुलुश कसकाे नेतृत्वमा ?