July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

नेकपामा ओली र प्रचण्ड-माधवको आधिकारिकता हेर्ने जिम्मेवारी निर्वाचन आयुक्त भण्डारीलाई

480

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सुल्झाउन सुरुवात गरेको छ । नेकपा विभाजनको कानुनी विवाद हेर्ने जिम्मेवारी आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।

गत माघ २१ गते आयोगको सदस्यमा पदभार ग्रहण गरेका भण्डारी वरिष्ठ अधिवक्ता हुन् । राजनैतिक कानुनका ज्ञाता पनि रहेकाले भण्डारीलाई कानुनी पाटो केलाएर विवाद निरुपण गर्ने जिम्मेवारी आयोगले दिएको हो ।

नेकपा विभाजनको कानुनी कुरा हुर्ने जिम्मेवारी पाएलगत्तै आयुक्त भण्डारीले आयोगमा नेकपाको प्रचण्ड-माधव समूहले आधिकारिकता दावी गर्दै आयोगमा बुझाएको निवेदन पत्रको अध्ययन गरेका छन् ।

यसअघि, कुनैपनि दलमा राजनीतिक आवद्धता नभएका आयुक्त भण्डारी राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराको भने कानुनी सल्लाहकार रहिसकेका छन् । रामेछापका भण्डारी लामो समय वकालत गरेका व्यक्ति हुन् ।