July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

संवैधानिक नियुक्तिविरूद्ध सभामुखले हालेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

830

काठमाडौं: सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सापकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत ११ वटा आयोगमा भएको नियुक्त भएकालाई काम गर्नबाट रोक्ने अन्तरिम आदेश माग गरेका थिए ।

सापकोटाले संवैधानिक परिषद्को सिफारिमा नियुक्त भएकाको संसदीय सुनुनवाई नभएकाले नियुक्ति अस्वीकार गर्दै आएका छन् । सभामुख सापकोटा उनीहरुको सपथ ग्रहणमा समेत सहभागि भएका थिएनन् ।

सापकोटाले दिउको रिटको प्रारम्भिक सुनुवाईका क्रममा न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षसहित नव नियुक्त आयोगका पदाधिकारीलाई विपक्षी बनाइएको थियो।

न्यायाधीश ढुङ्गानाले मुद्दालाई अग्राधिकार प्रदान गरेका छन् । अग्राधिकार प्रदान गरेसँगै मुद्दाको कारवाही छिटो अगाडि बढ्नेछ । सभामुख सापकोटाले माघ २३ गते सर्वोच्चमा नियुक्ती विरुद्ध रिट दायर गरेका थिए। सरकारले संवैधानिक परिषद्को अध्यादेशमार्फत् बहुमतको सिफारिसमा नियुक्ती अगाडि बढ्न सक्ने व्यवस्था गरेको थियो।