July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

‘केपी ओली वी हेट यू’

570

काठमाडौं । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको प्रचण्ड-माधव समूहले संसद विघटनको विरुद्धमा नाराबाजी गरेका छन् ।

सरकारको विरोधमा नारा लगाउँदै उनीहरुले विधिको शासन लागु गराउन माग गरेका छन् । दण्डहीनता अन्त्य गर्न भन्दै उनीहरुले नारा लगाए, ‘केपी ओली वी हेट यू ।’

सरकारले गरेको संसद विघटनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउनका लागि हनुमानथानमा जम्मा भएका प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले नाराबाजी गरका हुन् । उनीहरुले संसद विघटनको विरोधमा ‘प्रतिगमन ढालिन्छ, ओलीतन्त्र फालिन्छ’ भन्दै नाराबाजी गरेका थिए ।