July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

राष्ट्रपतिपछि बामदेवमाथि झाँक्रीको आक्रमण : ‘कुरौटे भएर पार्टी फुटाए’

900

काठमाडौं: सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले नेकपा फटको कुख्य कारण बामदेव गौतम भएको आरोप लगाएकी छन् ।

तनहुँमा प्रचण्ड-माधव समूहको कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले गौतमकै कारण नेकपामा अहिलेको अवस्था आएको ठोकुवा गरिन् । गौतमले सचिवालयमा जता समर्थन गर्यो, उसैको बहुमत हुने अवस्था भएकाले गौतमले गर्दा पार्टी फुटेको उनको आरोप थियो ।

प्रचण्ड-माधवले आफ्नो पक्षमा बहुमत पुर्याउनका लागि गौतमलाई बढी महत्व दिएकाले पार्टीमा अहिलेको समस्या आएको झाँक्रीको भनाइ छ । नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवैतर्फ एउटै कुरा गरेकाले पार्टी फुटेको उनले बताइन् ।

चुनाव हारेको मान्छे प्रधानमन्त्री चाहियो भन्दै हठसहितको बार्गेनिङ गर्दै प्रचण्ड-माधवको कुरा ओलीलाई लगाएर गौतमले पार्टी फुटाएको झाँक्रीको आरोप छ । दुवैतर्फ कुरा लगाउँदै हिँड्ने गौतम कुरौटे नेता भएको उनले बताइन् ।