July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

आज देशभर थपिए ९९ जना कोरोना संक्रमित, २४८ जना निको

465

काठमाडौं – आज देशैभरी ९९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,७९४ नमुना परीक्षणमा उपत्यकाका ६६ जनासहित ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ४२ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका ९९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २४८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चरणमा कोरोना बाट संक्रमण हुने र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ ।