September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण : न उखान, न गाली !

515

काठमाडौं: नेकपा विभाजनपछि आफ्नो समूहले गर्ने हरेक कार्यक्रममा अर्का समूहका नेताहरू विरुद्ध आगो ओकल्दै आएका प्रधानमन्त्री केपी ओली शुक्रबार भने तुलनात्मक रुपमा नरम देखिए । करिब ५० मिनेट बोलेका उनले सभामा कुनै उखान टुक्का पनि सुनाएनन् ।

सरकार पक्षबाट सभा आयोजना गरिनुको मूल उद्देश्य अर्का समूहका नेताहरूले दिएको लल्कारको जवाफका लागि भएको ओलीको प्रष्टोक्ति थियो । तर, यसअघिका कार्यक्रममा जस्तो न ओलीमा उत्साह देखियो, न त कुनै नेताविशेष आक्रमण । जब कि, बितेको डेढ महिनामा ओलीले नामै किटेर क्यारिकेचर गर्नेदेखि विभिन्न उखान टुक्कामार्फत् विपक्षीमाथि खनिने गरेका थिए ।

Advertisement

तर, शुक्रबार बागमती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्वोधन गर्ने क्रममा ओलीले त्यस्तो केही पनि गरेनन् । बरू, मूलतः तीनवटा राजनीतिक विषय प्रट्याउने काम प्रष्ट्याउने प्रयास गरे– संसद् विघटन गर्नुपर्ने कारण । तीन वर्षमा सरकारले काम । र, आम नागरिकमा निर्वाचनको अपिल ।

प्रचण्ड–माधव समूहले माघ ९ मा काठमाडौंमा गरेको जनप्रदर्शनपछि आजको सभाबाट नयाँ सन्देश दिने र एउटा छुट्टै माहौल सिर्जना गर्ने ओली समूहको तयारी थियो । प्रचण्ड–माधव समूहको सभालाई रत्नपार्कतिर दुई/हजार हजार भेला भएको र वास्तविक सभा कस्तो हुन्छ त्यो २३ गते देखाउने भनेर ओलीले सार्वजनिक उद्घोष गरेका थिए ।

अझ कार्यक्रमको तयारी समितिका संयोजक एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबारको कार्यक्रमलाई रहस्यमय बनाउने काम गरेका थिए । कार्यक्रमबारे आयोजना दिन गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले प्रधानमन्त्री नयाँ कुरा भन्ने तयारीमा रहेको मात्रै बताएका थिएनन्, राजावादी अर्थ राख्ने गरी मदन भण्डारीको अडियोसहित सभामा सहभागी हुन अपिल गरेका थिए ।