September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

प्रधानमन्त्री ओलीको प्रश्‍न : मांसाहारी भनेको नरभक्षी आन्दोलन हो ?

610

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पुष्पकमल दाहालले ‘अब मांशाहारी आन्दोलन आवश्यक छ’ भनेर दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

उनले दाहाल-नेपाल समूहको बिहीबारका बन्दका क्रममा घटेका केही घटना प्रस्तुत गर्दै मांसाहारी भनेको ‘नरभक्षी’ आन्दोलन हो भनेर प्रश्‍नसमेत गरेका छन् ।

‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन,’ शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने ।