September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

आजबाट कुन नक्कली, कुन सक्कली भन्ने फैसला भयो: प्रधानमन्त्री ओली

590

काठमाडौं: प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजबाट आफूले नेतृत्व गरेको नेकपा नै ठूलो पार्टी भएको प्रमाणित भएको बताएका छन् ।

नारायणहिटी दरवार अगाडि आयोजित जनसभाका तिनैतिर उपस्थित जनसभालाई देखाउँदै उनले भने, ‘अब भ्रममा पर्नु हुँदैन, आजका दिनदेखि कुन सक्कली र कुन नक्कली हो भन्ने फैसला भयो ।’ प्रधानमन्त्री ओलीले नेकपाको मूल पार्टी आफूले नेतृत्व गरेको नेकपा नै भएको दावी गरे । उनले आफूले नेतृत्व गरेको नेकपा देशकै मूल पार्टी भएको बताए ।

Advertisement

स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी नेकपा भएको भन्दै उनले नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको प्रष्ट्याए । जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो भीडबाट कुन मूल पार्टी भन्ने स्वतः खुलेको बताए ।

हिजो बन्द गरेर कार्यक्रममा आउन नदिने काम गरेको भन्दै प्रचण्ड–नेपाललाई नरभक्षी आन्दोलन नगर्न समेत ओलीले चेतावनी दिए ।