September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर राखिन्छ : गृहमन्त्री

605

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर राखिने बताएका छन्। ओली समूहले नारायणहिटी अगाडि गरेको सभामा गृहमन्त्री थापाले यस्तो बताएका हुन्।

‘मांसाहारी आन्दोलन गर्नेलाई कानुनले अपराध घोषणा गरेको छ। त्यस्तो आन्दोलन गर्नेलाई चिडियाखानामा राखिने छ,’ उनले भने।

Advertisement

ओलीपक्षले वाम शुद्धीकरण अभियान चलाएको समेत दाबी गरे। ‘वामपन्थी आन्दोलनको पुनर्गठनका लागि सुद्धीकरणको अभियान हो। यसका लागि जनतामा जान पर्छ। जनतामा गएर मात्र शुद्धीकरण हुन्छ,’ उनले भने, ‘देश निर्वाचनमा होमिएको छ। आगामी निर्वाचन एउटा आन्दोलन हो। यसले देशमा राजनीतिक स्थायित्व ल्याउँछ। समृद्धि ल्याउँछ।’