September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

एमसिसीबारे प्रचण्डको प्रष्टिकरण: पार्टीले निर्णय लिइसकेको छैन

400

ललितपुर: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे पार्टी औपचारिक निर्णयमा पुगिनसकेको स्पष्ट पारेका छन् । ललितपुरमा सञ्चारकर्मीसित साक्षात्कार गर्दै प्रचण्डले हिजोको आमहडतालमा एमसिसीबारे नारा लगाउने योजना नरहेको बताए ।

पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसिसीबारे पुनर्मार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए । संवैधानिक परिषदको नियुक्तिलगायतका विषय गम्भीर रहेको अवस्थामा अन्य विषयमा नारा लगाउँदा विषान्तर हुने स्थिति देखेपछि आफूले निर्धारित नारा लगाउन सम्झाएको स्पष्ट पारे ।