September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

ओली समूहको बृहतआमसभामा देशभरिका नेता उपस्थित

440

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रवार सभा सुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभा स्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ शुक्रवार सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, हामी जनता जाग्दैछाँै निर्वाचनमा लाग्दछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ जस्ता नारा लगाइएको छ ।

Advertisement

पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताए । सभा सफलतापूर्वक सम्पन्न गर्न  पार्टी  काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।