September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आज नेकपा ओली समूहको बृहत् सभा: उपत्यकाकाे १३ स्थानबाट जुलुस निस्कने

345

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आज बृहत् सभा आयोजना गर्दैछ । काठमाडौंको नारायणहिटी दरबार अगाडिको सडकमा आज बृहत् सभा हुन लागेको हो ।

नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए । मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापालगायतका नेताले सम्बोधन गर्दैछन् ।

सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ । सभाका लागि दरबारमार्गको सडक अगाडी रहेका डिभाइर हटाइएको छ । यसअघि त्यहाँ सडक बीचबाट सावरीसाधन फर्काउन नमिल्ने गरी स्टिलको पक्की डिभाइडर रहेको थियो । प्रधानमन्त्रीले सम्बोधन गर्ने बृहत् सभा हुने भएपछि डिभाइडर हटाइएका हुन ।

१३ स्थानबाट जुलुस
कार्यक्रमअघि उपत्यकाको विभिन्न १३ स्थानबाट जुलुस सुरु हुनेछ । जुन दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।

त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीबाट आउनेहरुको जुलुस निस्कनेछ । बागबजारबाट सबै सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन तथा पेशागत संगठनहरुको जुलुस निस्कनेछ । यसैगरी, महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरबाट मुस्लिम समुदाय, सुन्धाराबाट ललितपुर जिल्लाका सहभागीको जुलुस निस्कनेछ ।

यस्तै, पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी । यस्तै, न्यु रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउने सबै सहभागी हुनेछ ।

टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट क्षेत्र नम्बर ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट ३, ४ र प् तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १ र २ का जुलुस निस्कने छ ।