September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

प्रचण्ड-नेपाल समूहको आमहड्तालमा मुख्यमन्त्री शाहीको ऐक्यबद्धदा

480

सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ऐक्यबद्धदा जनाएका छन्।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आव्हान गरिएको आमहड्तालप्रति उनले ऐक्यबद्धता जनाएका हुन्। प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर नेकपाका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री शाहीले ऐक्यबद्धता जनाएका हुन्।