September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

देउवासँग पौडेलको माग: स्पष्ट धारणा बनाउन तत्काल केन्द्रीय समिति बैठक बोलाइयोस्

445

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका छन् । सरकारको कदमलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उनले बताए ।

नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोलाउनका लागि आफूले सभापति शेर बहादुर देउवालाई भनेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नेता पौडेलले संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्तिको विरोध गर्दै यसका विषयमा पार्टीले स्पष्ट धारणा बनाउन आवश्यक रहेको बताए । उनले संसद छलेर ल्याएको अध्यादेशलाई देखाएर सरकारले गैरसंवैधानिक कदम चालेको बताएका छन् ।