September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

ओली पक्षका युवा–विद्यार्थीको मार्चपासमा नारा ‘आइ लभ यू ओली बा’

825

काठमाडौं: भोलि हुने जनसभाको तयारीस्वरुप केपी शर्मा ओली नेतृत्वको नेकपाका युवा–विद्यार्थीले काठमाडौंमा मार्चपास गरेका छन् । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि स्वयमसेवकहरुले मार्चपास गरेका हुन् ।

यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय गरेका हुन् । मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता नारा लगाएका छन् ।

Advertisement

नेता महेश बस्नेतको नेतृत्वमा भएको मार्चपासमा रातो रंगको टोपी लगाएका छन् । सयौंको संख्यामा स्वयमसेवक युवाहरु मार्चपासमा उत्रिएका छन् । यसैबीच ओली पक्षधर अनेरास्ववियूले आम हड्तालका कारण परीक्षामा दिन समस्यामा परेका र अन्य सर्वसाधारणलाई सघाउन मोटरसाइकलसहित स्वयंसेवीहरु खटाएको छ । विभिन्न चोक चोकमा खटिएका उनीहरुको नाम र नम्बर सामाजिक संजालमार्फत सार्वजनिक गरी समस्यामा परेकाहरुले सम्पर्क गर्न भनिएको छ ।