September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

सेनाको बख्तरबन्द गुडेपछि आन्दोलनरत र ओली पक्षीय दुवै समूह तितरवितर

380

धनगढी: प्रचण्ड–माधव नेपाल र र ओली समूहको छुट्टाछुट्टै प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाले बख्तरबन्दले धनगढी बजार परिक्रमा गराएको छ । 

आम हड्तालसँगै धनगढीमा प्रचण्ड माधव समूहले आज प्रदर्शन गरिरहेको छ। त्यसैको विरोधमा मध्यान्हबाट ओली समूहका केही युवाहरू समेत सडकमा आएका छन्। धनगढीको ट्राफिक चौराहामा दुवै समूहले प्रदर्शन गरिरहेका समयमा सेनाले बख्तरबन्द प्रदर्शन गरेपछि केही बेर युवाहरू तितरवितर भएका थिए ।

Advertisement

सेना गाडी प्रदर्शन चाहिँ पूर्व निर्धारित नै थियो। आम हड्ताल चाहिँ हिजोमात्र तय भएको थियो।