September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

बन्दमा देखिएका केही फरक दृश्य

1.6K

काठमाडौँ – ललितपुरकाे सातदोबाटो चाेकमा २० /२५ जना आन्दोलनकारीहरु काेहि बिच सडकमै थचक्क बसेका थिए भने काेहि सवारीसाधन राेक्दै थिए ।बल्खु बाट आउने सवारीसाधन अलि पर प्रहरीले राेक्दै अर्को बाटो पठाउदैँ थियोे ।प्रहरीले नै मुख्य सडक अबरुद्ध गरेर अर्को बाटो सवारीसाधन पठाउदा सर्वसाधारण अचम्मित जस्तै देखिन्थे ।अघिल्लो दिन आजको बन्दलाई लक्षित गर्दै गृहमन्त्रालयले जारि गरेको प्रेस विज्ञप्ति विपरीत प्रहरीकाे गतिविधि देखिन्थाे ।

किन भने गृहमन्त्रालयले सार्वजनिक सवारीसाधन तथा तथा पसल व्यवसाय निर्वात रुपमा संचालन गर्नु सुरक्षा राज्यले गर्छ भनेर विज्ञप्ति प्रकाशित गरेको थियोे ।तर प्रहरीकाे सहायताले बन्द कर्ताहरुले सातदोबाटो लगाएतमा सवारीसाधन अबरुद्ध गरेपछि गृहकाे विज्ञप्तिले गिज्याइरहेकाे थियो ।सर्वसाधारणकाे अपेक्षा थियो प्रहरीले बन्दकर्ताहरु लखेटेर पठाउने छ, र सवारीसाधन संचालन हुनेछन् ।तर त्यसाे नभए र बन्दकर्ता अगाडि प्रहरी मुखदर्शक जस्तै देखिन्थ्यो।बाटो खुलाउनुकाे सट्टा बाटो बन्द गर्नुमा प्रहरी अग्रपंक्तिमा देखिन्थाे ।तर प्रहरीले सुरक्षाको लागि अर्को बाटो प्रयोग गर्न सर्वसाधारणलाई त्यसाे भनेको बताएको छ ।

Advertisement

सातदोबाटो बाट अगाडि बढेपछि काेटेश्वर चाेकमा पुगेपछि मान्छेहरु उपस्थिति अलि बाक्लो थियो भने प्रहरी पनि धेरै नै संख्यामा थियोे ।तर त्यहाँकाे अवस्था पनि सातदोबाटो जस्तै थियो । प्रहरीले विच सडक खाली गर्न दबाब दिए जस्तो दृश्य देखिन्थाे तर आन्दोलनकारीहरु ठुलो ठुलो स्वरमा प्रहरी सँग प्रतिवाद गरिरहेका थिए ।अत्यावश्यक काममा निस्केका मान्छेहरुलाई पनि बन्दकर्ताहरु राेकिरहेका थिए ।

त्यहि विचमा एउटा पानी बाेकेकाे सानाे गाडी काेटेश्वर चाेकमा आयो ।केही छाड छाड पानी बाेकेकाे भन्दै थिए तर एउटा हुल आएर एउटा पानीकाे जाँर मागे ।सवारी चालकले मिनरलवाटरकाे आधा बाेतल देखाउदै यति छ यहि खानुहाेस भने,तर आन्दोलनकारीले पछाडिको भाग तिर देखाउदै एउटा जाँर मागे ।गाडीमा बसेका सहयोगीले एउटा जाँर झिकेर दिए अनि मात्रै पानी बाेकेकाे गाडी अगाडि लाग्याे ।यस्तै वीर अस्पताल अगाडि रत्नपार्क नजिकै प्रहरीले बिच बाटोमै डाेरी लगाएर बाटाे अबरुद्ध गरेको थियो ।

अलिमाथी शान्ति बाटीकामा केही आन्दोलनकारी सडकमा बसेका थिए ।याे क्षेत्रमा पनि सवारीसाधन आगमन ठप्प थियोे ।यहाँ पनि प्रहरीले आन्दोलनकारी लखेटेर बाटाे खुलाउनुकाे साटाे सवारीसाधन अर्कै तर्फ पठाउदै थियोे ।त्यहि बिचमा मानव अधिकारबादी संस्था फ्रिडम फर अल नेपाल (फान)का अनुगमनकर्ताहरु पुगे ।संस्थाका कार्यवाहक अध्यक्ष भक्तराज जाेशि,उपाध्यक्ष तेज राेका,महासचिव खगेन्द्र ओली,काेषाध्य पुर्ण रसाइली ,सदस्य जाेमेश ओड चढेको गाडी प्रहरीले राेकेर अर्कै बाटो जान अनुरोध गरे ।

मानव अधिकारबादीले प्रहरीलाई हामी अनुगमनमा हिडेकाे भनेर अनुरोध गरेपछि डाेरी खाेलेर अगाडि जान सहयोग गरेको थियोे ।काठमाडौ भित्री भागमा बन्दकर्ताहरु न्यून भएपनि मुख्य चाेकहरु उनीहरूको कब्जामा भए ।धेरै ठाउँमा खाद्यान्न लगाएतका पसलहरु खुलेका थिए भने मध्याह्न सम्म सर्वसाधारणले निकै सास्ती पाए ।ठाउँ ठाउँमा नेकपा माधव प्रचण्ड समुहका नेताहरूले बन्दकाे नेतृत्व गरिरहेको देखिन्थाे।