September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आमहड्ताल अपडेट: आन्दोलनकारीले सडकमै भात पकाए

1K

काठमाडौं: संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको प्रचण्ड-माधव समूहका कार्यकर्ताले सडकमै भात पकाएका छन् । कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका हुन् ।

‘क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएका हौं,’ केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले बताए । उनका अनुसार करिव ४/५ सय मानिसले खाना खाएका छन् ।