September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आमहड्ताल अपडेट: दाहाल गाडी चढेर बन्दमा सहभागी हुन पुगे, नेपाल स्कुटरमा

750

काठमाडौं: प्रचण्ड- नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ ।

बिहिबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन्।

छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधन सञ्चालन भएका छन्। चारपाङग्रे सवारी साधनभन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन्। खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन्। बन्द आव्हानकर्ताले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन्।

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। नेता पुष्पकमल दाहाल पुल्चोकमा पुगेर आन्दोलनमा सहभागी भएका थिए भने अर्का अध्यक्ष माधव नेपाल स्कूटर चढेर कोटेश्वर क्षेत्रको अवलोकन गरेर फर्किएका छन्।