September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

पोखरामा बन्दको विरोधमा ओली समूहको प्रदर्शन

460

काठमाडौं: नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन् ।

प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताबीच भनाभन समेत भएको थियो । पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्‍याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो ।

Advertisement

पृथ्वीचोकमा बन्दकर्ता र बन्दको विरूद्ध जुलुस निकालेका ओलीका कार्यकर्ताबीच केहीबेर भनाभन भएको थियो । ओली समूहको विरोध जुलुस गएपछि प्रचण्ड-नेपाल पक्षले ओलीविरूद्ध नाराबाजी गरेका थिए भने ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका थिए।

प्रहरीले उनीहरू दुबै समूहबीच झडप हुन नदिन दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो । दुबै पक्षले नाराबाजी गरेपछि केहीबेर कार्यकर्ताहरूबीच भनाभन भएको थियो ।