September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

आमहड्ताल अपडेट: शीर्ष नेताहरु सडकमा, तस्विरमा हेर्नुहोस्

990

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ ।

बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् । ही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।  प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।